२०८३, आश्विन २१ गते

images

दशैंका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने

दशैंका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने

मंगलवार, भाद्र २५ २०८१०७:२६
मंगलवार, भाद्र २५ २०८१०७:२६
  • images


    काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँ लक्षित नोट साट्ने पाउने भएको छ । दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यसपटक नयाँको सट्टा सुकिला नोट दिने गरी सटही सुविधा खुलाउन लागेको हो ।
    चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ । यस पटक दशैँलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ । राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरि प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो ।

    यो पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिने भएको छ । खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दशैँमा नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend