२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • सुनसरी गोली काण्ड : मृतकका आफन्त...

सुनसरी गोली काण्ड : मृतकका आफन्त र स्थानीय प्रशासनबीच ५ बुँदे सहमति

सुनसरी गोली काण्ड : मृतकका आफन्त र स्थानीय प्रशासनबीच ५ बुँदे सहमति

बिहिवार, पौष १७ २०८२०४:०७
बिहिवार, पौष १७ २०८२०४:०७
  • images

    काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको छ । साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ । 

    भारतबाट सामान लिएर फर्कंदै गरेका उनको बुधबार राति गोली लागेर मृत्यु भएको थियो । घटनापछि भएको आन्दोलन र झडपपछि बिहीबार जिल्ला प्रशासन, सुरक्षा निकाय र पीडित पक्षबीच वार्ता भएको छ । 

    वार्ताले छानबिन समिति गठन, क्षतिपूर्ति सिफारिस, मृतककी श्रीमतीलाई रोजगारी, छोरालाई सशस्त्र भर्नामा सहजीकरण र शव व्यवस्थापन गर्ने सहमति जुटेको हो । 

    सहमतिपछि अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यतिबेला घटनास्थल वरपर मृतका आफन्त र स्थानीय प्रदर्शनमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend