२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, पौष १७ २०८२०५:३२
बिहिवार, पौष १७ २०८२०५:३२
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङसहित ४ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले बिहीबार गुरुङसहित तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्सविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    आर्थिक वर्ष २०७८/७९ मा खरेहास्थित ज्येष्ठ नागरिक भवन निर्माण गर्दा ठेक्का सम्झौता बमोजिम निर्माण कार्य तोकिएको समयसीमामा सम्पन्न नभएको अवस्थामा  खरिद सम्झौता अन्त्य र बाँकी कार्य बराबरको रकम असुल उपर गर्नुपर्नेमा सो नगरेको अभियोगपत्रमा उल्लेख छ । त्यस बाहेक पेस्की फर्स्यौट समेत नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगको दाबी छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत गुरुङ र मल्ल कन्स्ट्रक्सन कम्पनी तथा त्यसका प्रोपाइटर लालबहादुर मल्लको हकमा १ करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम गरिएको उल्लेख छ ।

    त्यसैगरी लेखा अधिकृत शर्मा उपर १७ लाख २ हजार ३४१ रुपैयाँ र इन्जिनियर शाक्यविरुद्ध ९६ लाख ४१ हजार ८७४ रुपैयाँ बिगो कायम गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend