२०८३, आश्विन २० गते

images
  • समाचार
  • कामना सेवा विकास बैंकद्वारा लहानमा विपन्न...

कामना सेवा विकास बैंकद्वारा लहानमा विपन्न परिवारलाई जाडोयामका लागि सिरक सहयोग

कामना सेवा विकास बैंकद्वारा लहानमा विपन्न परिवारलाई जाडोयामका लागि सिरक सहयोग

सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२०२:४६
सीएनएन खबर
शुक्रवार, पौष १८ २०८२०२:४६
  • images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिकामा विपन्न परिवारलाई जाडोयामका लागि फाइबर सिरक वितरण गरेको छ।

    बैंकको लहान शाखामार्फत लहान नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने गरिब, दलित तथा अति विपन्न वर्गका परिवारलाई सिरक वितरण गरिएको हो। कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख श्याम चवाईंले स्थानीय बासिन्दालाई फाइबर सिरक हस्तान्तरण गरेका थिए।

    कार्यक्रमका क्रममा मधेश प्रदेश प्रमुख चवाईंले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमले स्थानीय समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनहरूमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता मानवीय तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

    जाडोयाममा सिरक सहयोग प्राप्त भएपछि स्थानीय बासिन्दाहरूले खुशी व्यक्त गर्दै बैंकको मानवीय पहलप्रति आभार प्रकट गरेका छन्।

    सिरक वितरण कार्यक्रममा बैंकका कर्मचारीहरू, लहान नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend