२०८३, आश्विन २० गते

images
  • समाचार
  • समानुपातिक सूचीमा दलको चुनाव चिह्न मात्र...

समानुपातिक सूचीमा दलको चुनाव चिह्न मात्र मतपत्रमा रहने

समानुपातिक सूचीमा दलको चुनाव चिह्न मात्र मतपत्रमा रहने

शुक्रवार, पौष १८ २०८२०४:१९
शुक्रवार, पौष १८ २०८२०४:१९
  • images

    काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूची पेस गरेका दलको चुनाव चिह्न मात्र मतपत्रमा राख्ने निर्णय गरेको छ।

    अघिल्ला निर्वाचनमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने परम्परा भए पनि यसपटक निर्वाचन आयोगले त्यसो नगर्ने व्यवस्था गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

    उनका अनुसार, प्रारम्भमा समानुपातिकतर्फ ९३ वटा चुनाव चिह्नमा १०० दलले चुनाव लड्ने दर्ता गरेका थिए। तर बन्दसूची बुझाउँदा यो संख्या घटेको छ।

    हाल ६४ दलले ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्ने गरी सूची आयोगमा पेश गरेका छन्। त्यस्तै, १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी समानुपातिक बन्दसूची बुझाएका छन्।

    यसरी, यसपटक समानुपातिकतर्फ मतपत्रमा ५८ वटा चुनाव चिह्न मात्र समावेश हुनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend