२०८३, आश्विन २० गते

images
  • समाचार
  • हर्क साम्पाङको क्षेत्रमा सुदन किराती प्रगतिशील...

हर्क साम्पाङको क्षेत्रमा सुदन किराती प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार सिफारिस

हर्क साम्पाङको क्षेत्रमा सुदन किराती प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार सिफारिस

आइतवार, पौष २० २०८२१०:२८
आइतवार, पौष २० २०८२१०:२८
  • images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको सुनसरी जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा नेता सुदन किरातीलाई उम्मेदवार बनाउने निर्णय गर्दै पार्टी केन्द्रमा सिफारिस गरेको छ।

    पार्टीका सुनसरी जिल्ला इन्चार्ज शालिक राईले काठमाडौंको सुविधानगरस्थित केन्द्रीय कार्यालयमा औपचारिक पत्र पठाउँदै सुनसरी–१ का लागि किरातीको नाम सिफारिस गरिएको जानकारी गराएका हुन्। जिल्ला कार्यसमितिको निर्णयअनुसार संगठन विस्तार, जनसम्पर्क र राजनीतिक सक्रियताको आधारमा किरातीलाई उपयुक्त उम्मेदवारका रूपमा अघि सारिएको जनाइएको छ।

    सुनसरी निर्वाचन क्षेत्र नम्बर १ धरान उपमहानगरपालिकाअन्तर्गत पर्छ, जहाँ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्क साम्पाङ हाल मेयरको रूपमा कार्यरत छन्। यस क्षेत्रलाई राजनीतिक रूपमा चासोका साथ हेरिँदै आएको छ।

    यद्यपि, धरानका मेयर साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे हालसम्म औपचारिक घोषणा गरेका छैनन्। यसैबीच, प्रगतिशील लोकतान्त्रिक पार्टीले भने समयमै उम्मेदवार सिफारिस गरेर चुनावी तयारी अघि बढाएको देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend