२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत सहित १४ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित १४ जना विरुद्ध भ्रष्टाद्धार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित १४ जना विरुद्ध भ्रष्टाद्धार मुद्दा

आइतवार, पौष २० २०८२०४:०३
आइतवार, पौष २० २०८२०४:०३
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    आयोगले आइतबार सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याएर भ्रष्टाचार गरेको भन्दै पालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, अधिकृत छैटौँ नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, ब इन्जिनिय गणेश राज रेग्मी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना ठुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्याम बहादुर खत्री, तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने, असिसटेन्ट सबइन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक बसन्त बहादुर थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    यस्तै, आयोगले जाग्रिति एमके नेपाल जेभी धनगढीका सञ्चाचलक पुष्कर रोकाया, प्रतिनिधि सरत बहादुर शाह विरुद्द समेत मुद्दा दायर गरेको हो । 

    उनीहरुमाथि ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर भएके हो । उनीहरु माथि पालिकाको भवन निर्माण ठेक्कामा मिलामतो गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend