काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ। जेनजी आन्दोलनको घटना छानबिन गर्न गठन भएको उक्त आयोगले उनलाई पत्र काट्दै बयानका लागि बोलाएको हो।
जेनजी आन्दोलनमा घटेका हिंसात्मक घटनाबारे मेयर बालेनले यसअघि राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर बयान दिएका थिए। आयोगले उनीसँग सामाजिक सञ्जालमा उनले लेखेका अभिव्यक्ति, आन्दोलन अवधिभरको भूमिकालगायत विषयमा सोधपुछ गरेको थियो।

