२०८३, आश्विन २० गते

images
  • समाचार
  • श्रम मन्त्रालयद्वारा ईपीएस परीक्षा पास गरेकाका...

श्रम मन्त्रालयद्वारा ईपीएस परीक्षा पास गरेकाका पक्षमा तीन महत्वपूर्ण निर्णय

श्रम मन्त्रालयद्वारा ईपीएस परीक्षा पास गरेकाका पक्षमा तीन महत्वपूर्ण निर्णय

सीएनएन खबर
बिहिवार, पौष २४ २०८२०४:५०
सीएनएन खबर
बिहिवार, पौष २४ २०८२०४:५०
  • images

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहे पनि विभिन्न कारणले हालसम्म रोजगारीको अवसर नपाएका व्यक्तिका पक्षमा तीन महत्वपूर्ण निर्णय गरेको छ।

    मन्त्रालयका अनुसार हालको ईपीएस प्रणालीअन्तर्गत तयार गरिएको रोस्टरको मान्य अवधि सीमित हुँदा परीक्षा पास गरे पनि रोजगारी प्राप्त गर्न नसकेका धेरै उम्मेदवार अवसरबाट वञ्चित भएका छन्। सो समस्यालाई सम्बोधन गर्न रोस्टरको मान्य अवधि थप गर्ने विषयमा दक्षिण कोरिया सरकारसमक्ष कूटनीतिक पहलमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ।

    त्यसैगरी, ईपीएस प्रणालीअन्तर्गत कोरिया जाने नेपाली कामदारको कोटा वृद्धि गर्न आवश्यक कूटनीतिक पहल गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ।

    यस्तै, ईपीएस प्रणालीमार्फत कोरिया जान रोस्टरमा रहेका व्यक्तिहरूको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रियालगायत सम्पूर्ण प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णयसमेत गरिएको छ।

    श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार यही पुस १८ गते भएको मन्त्रिस्तरीय निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक पहल भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend