काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.७३ अंकले घट्दा सेयर बनार २ हजार ६१० अंकमा सिमित भएको छ । आज कारोबार रकम ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँमा खुम्चिएको छ । सेयर कारोबार मापक नेप्सेमा मंगलबार १३.०९ अंकको गिरावट आएको थियो ।
६६ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स ०.४३, निर्जीवन बीमा ०.०१ र व्यापार ०.१६ प्रतिशत बढे । प्रतिशत बढ्यो भने अरु क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकास बैंक १.०२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.९२, लगानी १.८७, उत्पादन १.०१, माइक्रोफाइनान्स ०.५४, अन्य ०.६१ प्रतिशत घटे ।
विन नेपाल लघुवित्तको १०, थ्रीस्टार हाइड्रोको ९.४ तथा समाज लघुवित्तको ६.८ प्रतिशत मूल्य बढ्यो । एसियन हाइड्रोपावरको ६.८ प्रतिशत मूल्य घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.८, मनकामना इन्जिनियरिङको ४.६ प्रतिशत मूल्य घट्यो ।
यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २१८ रुपैयाँ ५० पैसा बढेर २ हजार ४०३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ७३ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्सको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ग्रिनलाइफ हाइड्रोपावरको १९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

