२०८३, आश्विन २१ गते

images

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुल्ने

दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुल्ने

बुधवार, भाद्र २६ २०८११०:०४
बुधवार, भाद्र २६ २०८११०:०४
  • images

    काठमाडौं । दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी दिए ।

    यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको बताए ।
    यसैबिच कतिपय यातायात व्यवसायीले अहिले नै अनलाइनबाट टिकट बुकिङ खुला गरिसकेका छन् । तर यसरी बुकिङ खोल्दा फेक नामबाट टिकट काट्ने प्रवृत्ति बढेर ब्ल्याकमा बेच्ने समस्या पनि आउन सक्ने रिजालले यसबारे आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend