२०८३, आश्विन २१ गते

images

सलिकोको गण्डकी प्रादेशिक कार्यालय सञ्चालनमा

सलिकोको गण्डकी प्रादेशिक कार्यालय सञ्चालनमा

सीएनएन खबर
बिहिवार, भाद्र २७ २०८१०७:२१
सीएनएन खबर
बिहिवार, भाद्र २७ २०८१०७:२१
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गण्डकी प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले कास्कीको पोखरास्थित अमरसिंहचोकमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो ।

    उक्त कार्यालय सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री र नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

    सलिकोको व्यापार र दावी भुक्तानी राम्रो रहेकाले सो साख जोगाइराख्नुपर्ने नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख दाहालले बताए ।

    सीईओ क्षेत्रीले सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बीमालेख बुझाएर बेच्न आग्रह गरे । कार्यक्रममा पोखरामा रहेका कम्पनीका शाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend