२०८३, आश्विन २१ गते

images
  • समाचार
  • दीपक श्रेष्ठ भन्छन्, इन्जिनियरप्रति हुने विभेद...

दीपक श्रेष्ठ भन्छन्, इन्जिनियरप्रति हुने विभेद अन्त्यका लागि मेरो उम्मेदवारी

दीपक श्रेष्ठ भन्छन्, इन्जिनियरप्रति हुने विभेद अन्त्यका लागि मेरो उम्मेदवारी

बिहिवार, भाद्र २७ २०८१०८:४७
बिहिवार, भाद्र २७ २०८१०८:४७
  • images

    काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औं कार्यसमिति छनोटका लागि शुक्रबार हुँदैछ । ३४ औं कार्यसमितिका लागि विभिन्न दल निकटका उम्मेद्वारहरु समूह नै बनाएर निर्वाचनको तयारीमा छन् । 

    शुक्रबार हुने निर्वाचनका लागि हालसम्म अध्यक्षका लागि विभिन्न ६ वटा गठबन्धन बनेका छन् भने अन्य पदका लागि स्वत्रन्त्र उम्मेद्वार समेत चुनावमा प्रतिस्पर्धामा छन् । 

    नेकपा माओवादी निकट नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) र एमाले निकट प्रगतिशील इन्जिनियरिङ एसोसियशन (पिन), नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट एक/एक वटा प्यानल सहित उम्मेद्वारी घोषणा गरेर निवार्चनमा सहभागीता जनाउँदैछन् । 

    ४ वटा समूहमध्ये एक हो दीपक श्रेष्ठ नेतृत्वको नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) । उनले इन्जिनियरप्रति हुने विभेदको अन्त्यका लागि नै आफूले अध्यक्षमा उम्मेद्वारी दिएको बताए । उनले हाल स्थानीय तह, प्रदेश सरकार र केन्द्रमा प्रवेश गर्दा इन्जिनियरको तह छुट्टा छुट्टै हुने गरेको भन्दै समान बनाउन आफू लाग्ने बताए । 

    ‘अहिले सरकारले नै इन्जिनियरलाई विभेद गरेको छ । एकै तहका कर्मचारी माथि हाल स्थानीय तहमा छैठौ तहबाट प्रवेश गर्नुपर्ने, प्रदेशमा छैठौं र सातौ दुबै छ, घमा सातौं तहबाट प्रवेश गर्नुपर्ने व्यवस्था छ । सरकारी निकायका तीन स्थानमा नै विभेद छ । त्यो चिर्न नै मैले अध्यक्षमा उम्मेद्वारी दिएको हुँ’, उनले भने । 

    उनले उक्त विभेदलाई हटाउँदै तीन तहको सरकारमा आठौँ तहका इन्जिनियरले सेवा पाउने व्यवस्था हुनुपर्नेमा आफू केन्द्रीत रहने बताए । 

    ‘म २० वर्षदेखि इन्जिनियरिङ पेसामा क्रियाशील छु । म सँग नेपाल इन्जिनियरिङ परिषद् सदस्यको समेत अनुभव छ । मेरो अनुभव र मैले भोगेका समस्यालाई आधार बनाएर एसोसिएसन र सरकारबीच पुलको काम गर्छु’, उनले भने ।

    उनले नेपाल इन्जिनियर्स एशोसिएसनलाई आम इन्जिनियर साथीहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा विकास गर्न केही योजनाहरू अघि बढाउन एकदमै जरूरी रहेको बताए । 

    Deepak shrestha.jpg

    ‘हामीले मुख्य ४ कुरालाई फोकर्स गरेका छाैँ । विद्यार्थीदेखि नै सदस्यता दिने । सदस्यता दिइसकेपछि पुस्तकालयमा पहुँच दिने, अन्य सेमिनार, तालिमहरू, अनुसन्धान र नवप्रवर्तनमा अवसर हुन्छ । पछि इन्जिनियरिङ पास गरिसकेपछि ती इन्जिनियरहरूलाई इन्टर्नसिपको व्यवस्था गर्ने, रोजगारीको समन्वय गर्न कुनै शाखा निर्माण गर्ने, शाखाले न्यूनतम पारिश्रमिक सहितको रोजगारी उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ ।’

    इन्जिनियर्स समुदायको पेशागत हक–हितका लागि ७० वर्ष अगाडि स्थापना भएको नेपाल इन्जिनियर्स एशोसिएसनले ३४औं कार्यसमिति चुन्दैछ । ७० वर्षको अवधिमा ३० औं पटक लोकतान्त्रिक प्यानल र तीन पटक प्रगतिशील समूहले नेतृत्व लियो । यहाँसम्म आइपुग्दा एशोसिएसन जुन उद्देश्यसाथ स्थापना भएको थियो, त्यो हुनसकेको छैन ।

    हाल नेपाल इन्जिनियरिङ काउन्सिलमा करिब ८६ हजार इन्जिनियरहरू रजिस्टर्ड छन् । त्योमध्ये करिब ४० हजार इन्जिनियर मात्रै नेपाल इन्जिनियर्स एशोसिएसनमा साधारण सदस्य छिन् । गत निर्वाचनमा २२ हजार ५ सय इन्जिनियरले मतदान गरेकोमा हाल आइपुग्दा १८ हजार ६ सयमा सिमित भएको छ । 

    महासचिवका उम्मेद्वार राजेन्द्र व क्षेत्रीले एशोसिएसनले अभिभावकत्व निर्वाह गर्न नसक्दा पछिल्लो समय संस्थाप्रति इन्जिनियरको आकर्षण घट्न थालेको गुनासो गरे । वर्षमा १ दिन इन्जिनियर दिवसको अवसरमा ७ जनालाई पुरस्कार गर्ने बाहेक संस्थाले कुनै काम नगरेको उनको भनाई छ । 

    नियोनका तर्फबाट एसोसिएसनको अध्यक्षमा श्रेष्ठ, महासचिवमा इन्जिनियर राजेन्द्र बहादुर क्षेत्री ‘सफल’, उपाध्यक्षमा श्याम नारायण चौधरी, उप–महासचिवमा गजेन्द्र कुमार झा, कोषाध्यक्षमा देवेन्द्र बहादुर राउत, सह–कोषाध्यक्षमा भुवन पौडेललाई उम्मेदवार छन् । 

    यस्तै,कार्यकारिणी सदस्यहरूमा अनिल नेपाल, खेम राज पोख्रेल, प्रवीण ढकाल, निर्मल कडरिया, यादव राज घिमिरे, सन्दीप केसी, अनुप क्षेत्री, लोकेन्द्र कार्की, विजय पौडेल, आकाश थापा मगर, समीप सुवेदी र शिशिर बस्नेत छन्न । 

    648f54ec-b5c6-41b3-b33e-d0ad477648ba.jfif

    यस्ता छन् दीपक श्रेष्ठ नेतृत्वको टिमको एजेण्डा

    नियोनको एजेन्डाले संघका सदस्यहरूको संख्या वृद्धि, नीति सुधार, रोजगारी सिर्जना, डिजिटल रूपान्तरण, संगठनात्मक सुधार, शैक्षिक समर्थन, र इन्जिनियरहरूको कल्याणमा केन्द्रित विभिन्न योजना तथा पहलहरू समेटेको छ।

    सदस्यता विस्तारको योजना

    नियोनको एजेन्डाको पहिलो प्राथमिकता सदस्यता विस्तार हो, जसले संघको पहुँचलाई अझ फराकिलो बनाउन जोड दिएको छ। विद्यार्थी सदस्यता निःशुल्क प्रदान गरिनेछ, जसले इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई एनईएसँग जोड्न सजिलो बनाउनेछ। साथै, विदेशमा कार्यरत इन्जिनियरहरूका लागि ग्लोबल फेलो सदस्यता उपलब्ध गराइनेछ, जसले अन्तर्राष्ट्रिय स्तरमा रहेका इन्जिनियरहरूको सहभागिता बढाउनेछ।

    व्यावसायिक सदस्यता का लागि कम्तीमा पाँच वर्षको अनुभव भएका इन्जिनियरहरूले आवेदन दिन सक्नेछन्, जसले पेशागत इन्जिनियरहरूलाई संघमा थप सक्रिय रूपमा सहभागी गराउनेछ। यस सदस्यताले एनईएका महत्वपूर्ण पदहरूमा उम्मेदवारी दिने अवसर पनि प्रदान गर्नेछ।

    नीतिगत सुधारका प्रस्ताव

    नियोनको एजेन्डामा नीतिगत सुधारलाई विशेष महत्व दिइएको छ। यो सुधारको मुख्य उद्देश्य सरकारसँग सहकार्य गर्दै अनुसन्धान र विकासका क्षेत्रमा नीतिगत सहयोग गर्नु हो। यसले नेपालमा इन्जिनियरिङ क्षेत्रको प्राविधिक विकासलाई थप मजबुत बनाउन मद्दत पुर्‍याउनेछ।

    शैक्षिक क्षेत्र र उद्योगबीच सहकार्य गर्न नीति निर्माण गर्ने योजना पनि एजेन्डाले अघि सारेको छ, जसले विश्वविद्यालय र उद्योगहरूबीच ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्नेछ। साथै, इन्जिनियरहरूको न्यूनतम तलब व्यवस्थाको कार्यान्वयन पनि प्रस्तावित छ, जसले नेपालका इन्जिनियरहरूको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

    यसबाहेक, इन्जिनियरिङमा महिला सहभागिताू को प्रवर्द्धन गर्दै महिला इन्जिनियरहरूको सशक्तिकरण गर्ने नीति ल्याउने योजना छ। संघको सदस्यता शुल्कलाई पुनरावलोकन गरी सबै वर्गका इन्जिनियरहरूको पहुँच योग्य बनाउन कदम चालिनेछ।

    इन्जिनियरलाई लाग्यो चुनावः माओवादी निकट संघले गर्‍यो प्यानलसहित उम्मेदवारी घोषणा इन्जिनियरलाई लाग्यो चुनावः माओवादी निकट संघले गर्‍यो प्यानलसहित उम्मेदवारी घोषणा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend