२०८३, आश्विन २१ गते

images

नेपालले कतारलाई बेच्न थाल्यो हरियो तरकारी

नेपालले कतारलाई बेच्न थाल्यो हरियो तरकारी

बिहिवार, भाद्र २७ २०८१०३:४५
बिहिवार, भाद्र २७ २०८१०३:४५
  • images

    काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । चिनिया सहयोगमा नेपालको कृषि कार्यक्रम अन्र्तगत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरु कतारमा निर्यात गर्न सुरु गरिएको हो ।
    बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरु हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसन (सीएफआरडी)को कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

    दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले किसानहरुले उत्पादन गरेका हरिया तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानहरुलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे । कतार पठाइएका तरकारीहरुमा अकबरे खुर्सानी, सिमी, तीते करेलालगायत छन् ।

    सीएफआरडीले चिनियाँ कृषिशैली नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेको छ । सीएफआरडीले सुरुमा प्लम्बिङ र इलेक्ट्रिसियनको सीप विकासमा यो कार्यक्रम केन्द्रित गरेको थियो । त्यसपछि सन् २०२३ मा भने अफसिजन तरकारी खेतीमा तारकेश्वर नगरका किसानलाई तीन महिने विशेष तालिम दिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend