२०८३, आश्विन २० गते

images
  • समाचार
  • वायुसेवा निगमको महाप्रबन्धकका लागि १० जनाको...

वायुसेवा निगमको महाप्रबन्धकका लागि १० जनाको नाम सर्टलिष्टमा, कहिले छ अन्तरवार्ता

वायुसेवा निगमको महाप्रबन्धकका लागि १० जनाको नाम सर्टलिष्टमा, कहिले छ अन्तरवार्ता

सोमवार, माघ ५ २०८२११:०४
सोमवार, माघ ५ २०८२११:०४
  • images

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानि) को महाप्रबन्धकका लागि १० जनाको नाम सर्टलिस्टमा परेको छ । पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रक्रियाअन्तर्गत यसअघि नै माग भएकोमा १६ जनाले निवेदन दिएका थिए । जसमध्येबाट १० जनाको नाम ‘सर्टलिस्ट’ मा राखिएको हो ।

    नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट कार्यविधि २०८२ बमोजिम उनीहरूलाई १४ र १५ माघमा कार्ययोजना प्रस्तुतिको समय तोकिएको छ । त्यसबाट तीन जनाको नाम छनोट समितिले नियुक्तिका लागि सिफारिस गर्ने छ । सोही सिफारिसको आधारमा मन्त्रिपरिषद्ले एक जनालाई सो पदमा नियुक्ति दिनेछ । 

    मन्त्रालयका अनुसार यो सूचीमा निगममै कार्यरत वरिष्ठ पाइलट दिपु ज्वार्चन र टंकनिधि दाहाल समेत छन् । यसबाहेक उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, बेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत छन् ।

    मन्त्रालयले सर्टलिष्टमा परेका १० जनाका लागि माघ १४ गतेदेखि अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि बोलाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend