२०८३, आश्विन २१ गते

images

तोलामै ३ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामै ३ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, भाद्र २८ २०८१११:०५
शुक्रवार, भाद्र २८ २०८१११:०५
  • images

    काठमाडौँ । शुक्रबार तोलामै ३ हजार रुपैयाँले बढेर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको छ । बिहीबार भने सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य निरन्तर मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । 

    यसअघि गत भदौ २५ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । उक्त दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँ थियो ।

    शुक्रबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ६५ रुपैयाले बढेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी, महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ कायम भएको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९४ रुपैया ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend