२०८३, आश्विन २० गते

images

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईँ

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईँ

मंगलवार, माघ ६ २०८२०३:१९
मंगलवार, माघ ६ २०८२०३:१९
  • images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भएका छन् । सोमबा पोखराबाट पक्राउ परेका उनी मंगलबार हाििजर जमानीमा रिहा भएका हुन् । 

    जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको हो ।

    कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend