२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडी...

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडी सार्वजनिक

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडी सार्वजनिक

शुक्रवार, भाद्र २८ २०८१०३:२७
शुक्रवार, भाद्र २८ २०८१०३:२७
  • images

    काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका लागि मार्की खेलाडी सार्वजनिक गरेको छ । शुक्रबार क्यानले नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म हुने प्रतियोगिताका लागि ८ मार्की खेलाडी सार्वजनिक गरेको हो ।

    नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण के.सी, आसिफ सेख, कुशल भुर्तेल
    र कुशल मल्ल मार्की खेलाडी रहनेछन् ।

    तर कुन खेलाडीलाई कसले किन्ने त्यो भने शनिबार एक पत्रकार सम्मेलन गर्दै लक्की ड्रमार्फत छनोट हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, जनकपुर र विराटनगर फ्रेन्चाइजी टिम छन् ।

    NPL-(2)-1726213334.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend