२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • एनपीएलका आठ टिमले पाए मार्की खेलाडी,...

एनपीएलका आठ टिमले पाए मार्की खेलाडी, कुन खेलाडी कुन टिममा ?

एनपीएलका आठ टिमले पाए मार्की खेलाडी, कुन खेलाडी कुन टिममा ?

शनिवार, भाद्र २९ २०८१०४:३५
शनिवार, भाद्र २९ २०८१०४:३५
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिगका मार्की प्लेयर छनोट भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन् । नेपाल क्रिकेट संघ क्यानले शनिबार गोला प्रथाबाट आठ मार्की खेलाडी छुटाइदिएको हो ।

    जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

    एउटा मार्की खेलाडीले उक्त टिममा तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्ने बताइएको छ ।

    एनपीएल २०२४ को खेल ३० नोभेम्बरदेखि सुरु हुनेछ र २१ डिसेम्बरसम्म चल्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend