काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अञ्जुु श्रेष्ठ नियुक्त भएकी छिन्। यसअघि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत ९डेपुटी सीइओ० रहेकी श्रेष्ठलाई कम्पनी सञ्चालक समितिले ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
उनलाई असोज १८ गते देखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।
लामो समयदेखि बीमा क्षेत्रमा आवद्द श्रेष्ठ साविक हिमालयन जनरल इन्स्योरेन्समा विभिन्न पद रहेर काम गरेकी हुन् । उनको पुनर्बीमामा विशेष दख्खलता रहेको छ ।

