२०८३, आश्विन २० गते

images
  • समाचार
  • दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बस घुमाउनेमा...

दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बस घुमाउनेमा दुर्घटना, ३८ जना घाइते

दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बस घुमाउनेमा दुर्घटना, ३८ जना घाइते

सीएनएन खबर
शुक्रवार, माघ १६ २०८२१०:११
सीएनएन खबर
शुक्रवार, माघ १६ २०८२१०:११
  • images

    काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । शुक्रबार (माघ १६) बिहान करिब सवा ३ बजे लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस दुर्घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    उक्त बस दाङबाट काठमाडौंतर्फ आउँदै थियो । मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा चालक र सहचालक समेत ‘सामान्य’ घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था ‘मध्यम’ छ । २८ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये भरतपुरस्थित मौलाकालिका अस्पतालमा १५ जनाको उपचार भइरहेको छ । पुरानो मेडिकल कलेजमा १३, मुग्लिङस्थित जनता केयर अस्पतालमा ६ र नयाँ मेडिकल कलेजमा चारजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि बाटो एकतर्फी अवरुद्ध भएको थियो । शुक्रबार बिहान करिब साढे ७ बजे उक्त गाडी साइड लगाएर बाटो दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend