२०८३, आश्विन १९ गते

images
  • समाचार
  • त्रिशूली ट्रक दुर्घटनाः घटना शंकास्पद, आधा...

त्रिशूली ट्रक दुर्घटनाः घटना शंकास्पद, आधा तेल गायब

त्रिशूली ट्रक दुर्घटनाः घटना शंकास्पद, आधा तेल गायब

आइतवार, भाद्र ३० २०८१०२:२३
आइतवार, भाद्र ३० २०८१०२:२३
  • images

    काठमाडौं । त्रिशूली किनारमा आइतबार बिहान भएको ट्रक दुर्घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक नारायणघाट–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ को २५ किलोस्थित नदी किनारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। 

    ना ६ ख ६२८३ नम्बरको ट्रकमा २२२५ वटा कार्टुन सनफ्लावर तेल बोकेको बिल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    ट्रकबाट लोड गरिएको तेलको बिलमा चालकको नम्बर र पु¥याउनुपर्ने ठाउँसमेतको नम्बर भेटिएको छ। प्रहरीका अनुसार चालकको र सहचालकको मोबाइल स्विच अफ गरिएको छ । उक्त सामान ललितपुरमा ल्याउन लोड गरिएको थियो । 

    तेल भदौ २८ गते (शुक्रबार) भैरहवामा लोड भएको थियो। तर आइतबार दुर्घटनाग्रस्त अवस्थामा भेटिँदा ट्रक भित्र आधा तेल गायब भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend