२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • कर्णाली प्रदेशको उत्कृष्ट ३ पालिकामा सल्यानको...

कर्णाली प्रदेशको उत्कृष्ट ३ पालिकामा सल्यानको कपुरकोट गाउँपालिका

कर्णाली प्रदेशको उत्कृष्ट ३ पालिकामा सल्यानको कपुरकोट गाउँपालिका

सीएनएन खबर
आइतवार, भाद्र ३० २०८१०२:५६
सीएनएन खबर
आइतवार, भाद्र ३० २०८१०२:५६
  • images

    काठमाडौँ । कर्णाली प्रदेशको उत्कृष्ट तीन स्थानीय तहमा सल्यानको कपुरकोट गाउँपालिका परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको आधारमा प्रदेशले कपुरकोटलाई तेस्रो स्थानमा पारेको हो । 

    मन्त्रालयले प्रत्येक प्रदेशबाट तीनवटा पालिकाका दरले २१ वटा उत्कृष्ट स्थानीय तहलाई सम्मान गरेको थियो । कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत वली तीन वर्षमा पालिकाले गरेको वित्तीय, भौतिक प्रगतिसँगै कार्यक्रमसँग गरेको साझेदारी रकमको प्रतिशत, रोजगार संयोजकको कार्यसम्पादन मूल्यांकन अंक र कार्य प्रगतिका आधारमा उत्कृष्ट ३ पालिकामा पर्न सफल भएको बताए । 

    उनका अनुसार भदौ २७ र २८ गते सुर्खेतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा कपुरकोट गाउँपालिकाले संघीय सरकारले उक्त सम्मान प्रदान गरेको हो । 

    कपुरकोटसँगै गाउँपालिकामा कार्यरत रोजगार संयोजक विपना बुढा मगरलाई पनि कार्यक्रमको सफल कार्यान्वयनमा गरेको योगदानको लागि कदरपत्र प्रदान गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend