२०८३, आश्विन २० गते

images
  • समाचार
  • निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना...

निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालित, धाँधलीरहित मतदान सुनिश्चित गर्ने प्रयास

निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालित, धाँधलीरहित मतदान सुनिश्चित गर्ने प्रयास

बुधवार, माघ २१ २०८२०८:३६
बुधवार, माघ २१ २०८२०८:३६
  • images

    काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आज बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्।

    सरकारले निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित हुन लागेका हुन्।

    एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि मतदानस्थलमा खटिनेछन्। नेपाल प्रहरी र निर्वाचन प्रहरीले भित्री घेरा सुरक्षा गर्नेछन् भने दोस्रो तहको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। नेपाली सेनाले बाहिरी घेरा सम्हाल्नेछ।

    नेपाली सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा परिचालन हुने छ। सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत का अनुसार, सेनाले मतपत्र छपाइ, ढुवानी, मतदानस्थल, मतपेटिका ढुवानी र मतगणनास्थलसम्मको सुरक्षा सुनिश्चित गर्नेछ। यससँगै विमानस्थल, कारागार लगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ।

    निर्वाचनमा ३,४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। देशभर १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र सञ्चालन हुनेछन्। मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य तीन तहमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ।

    निर्वाचनका लागि खटिने सुरक्षा जनशक्ति यस प्रकार छ:

    नेपाली सेना : ८० हजार,नेपाल प्रहरी : ७७ हजार,सशस्त्र प्रहरी बल : ३४,५७६,निर्वाचन प्रहरी : १,३३,००० कुल : ४९,६८६

    सशस्त्र प्रहरी बलले जनाएको छ कि कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको छ र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ। यो कदमले भूतपूर्व निर्वाचनमा देखिएको बुथ कब्जा र असुरक्षा दोहोरिन नदिन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend