२०८३, आश्विन २१ गते

images

घट्यो एनआईसी एशिया बैंकको ब्याजदर, अब कुन खातामा कति ब्याज ?

घट्यो एनआईसी एशिया बैंकको ब्याजदर, अब कुन खातामा कति ब्याज ?

सीएनएन खबर
सोमवार, भाद्र ३१ २०८१०७:५४
सीएनएन खबर
सोमवार, भाद्र ३१ २०८१०७:५४
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले असोजका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्यानदर तोकेको छ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

    बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि भदौमा ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

    कर्जाका ऋणीहरूलाई भने बैंकले आधारदर ९.२२ प्रतिशतमा झारेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend