काठमाडौँ । लमजुङको मस्र्याङदी गाउँपालिकाले उपभोक्ता समितिको सहजताका लागि भन्दै तालिम दिएको छ ।
पालिकाले आइतबार ९ वटै वडाका उपभोक्ता समिति र अनुगमन समितिका संयोजकलाई लक्षित गर्दै तालिम सञ्चालन गरेको हो ।
उक्त तालिमसँगै पालिकाले उपभोक्ता समितिको सहजताका लागि बैंक खाता खोलेर योजना सम्झौता समेत गरेको छ ।

