काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।
महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँ निर्धारण भएकाे छ जबकी आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रूपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार नौ सय रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ रूपैयाँ निर्धारण भएको छ ।

