२०८३, आश्विन १९ गते

images
  • अटो
  • ६ महिनाको १७ लाख आम्दानीपछि भाग्य...

६ महिनाको १७ लाख आम्दानीपछि भाग्य चम्कियो, इनड्राइभको लक्की ड्रमा गाडी पुरस्कार

६ महिनाको १७ लाख आम्दानीपछि भाग्य चम्कियो, इनड्राइभको लक्की ड्रमा गाडी पुरस्कार

शुक्रवार, फाल्गुण १ २०८२०५:५०
शुक्रवार, फाल्गुण १ २०८२०५:५०
  • images

    काठमाडौँ । ओखलढुंगाको दुर्गम पहाडबाट राजधानी काठमाडौँसम्म आइपुगेका २२ वर्षीय तुमबहादुर थापा मगरको कथा केवल व्यक्तिगत सफलताको कथा होइन, यो स्वदेशमै बसेर सम्भावना खोज्ने हजारौँ नेपाली युवाको साझा सपना र संघर्षको प्रतिबिम्ब हो।

    गाउँको माटोबाट उठेको सपना

    सामान्य परिवारमा जन्मिएका तुमबहादुरले सानै उमेरदेखि जिम्मेवारीको अर्थ बुझ्न थाले। घरको आर्थिक अवस्था सबल थिएन, गाउँमा अवसर सीमित थिए। तर अभावले उनको हिम्मत कमजोर बनाएन, बरु यही अभावले उनलाई अघि बढ्न सिकायो। २२ वर्षको उमेर पुग्दासम्म उनले एउटा कुरा स्पष्ट बुझिसकेका थिए—जीवन बदल्न चाहिन्छ भने आफू नै कदम चाल्नुपर्छ। त्यसैले सपनाको भारी काँधमा बोकेर उनी राजधानी काठमाडौँ आए।

    indrive3.JPG

    संघर्षको कक्षास् सडक नै विद्यालय

    काठमाडौँमा सुरुवात सजिलो थिएन। सार्वजनिक यातायातमा सहचालकको रूपमा उनले काम थाले। बिहानको चिसोदेखि रातिको थकानसम्म, टिकट काट्ने, यात्रु चढाउने–ओराल्ने, भीड व्यवस्थापन गर्ने यी सबै उनका दैनिकी बने। तर उनी केवल काम गरिरहेका थिएनन्स उनी सिकिरहेका थिए।

    बसको सिटबाट उनले चालकको हातको चाल नियाले, सडकको लय महसुस गरे, ट्राफिकको मनोविज्ञान बुझ्न थाले। कुन मोडमा कति संयम चाहिन्छ, इन्जिनको सानो आवाजले के संकेत दिन्छ—जीवनकै सडक उनको कक्षा बन्यो।

    केही समयमै उनले आफैं स्टेयरिङ सम्हाल्न सिके। लाइसेन्स हातमा परेपछि आत्मविश्वास दोब्बर भयो। अब उनी सहयोगी मात्र होइन, चालक बन्न तयार थिए।

    indrive2.JPG

    ट्याक्सीको स्टेयरिङसँगै नयाँ अध्याय

    झन्डै एक वर्षअघि उनले काठमाडौँ उपत्यकामा ट्याक्सी चलाउन थाले। केही समयपछि उनी राइड–सेयरिङ प्लेटफर्म इनड्राइभमा आबद्ध भए।

    यहाँ यात्रुले आफैं भाडा प्रस्ताव गर्ने र चालकले सहमति जनाउने लचिलो प्रणालीले उनलाई आत्मसम्मान र स्वतन्त्रताको अनुभव गरायो। मेहनत, इमान्दारी र नियमितताका कारण छोटो समयमै उनको आम्दानी बढ्न थाल्यो।

    “६ महिनामा करिब १७ लाख रुपैयाँ कमाउन सफल भएँ। खर्च कटाएर पनि बचत गर्न सकेको छु। गाउँमा परिवारलाई सहयोग पठाउन पाएको छु,” उनी गर्व मिश्रित मुस्कानसहित भन्छन्।

    indrive4.jpeg

    अनुशासन, लक्ष्य र सपना

    ट्याक्सी चलाउनु सजिलो काम होइन, ट्राफिक जाम, प्रदूषण, अनियमित समय, फरक–फरक स्वभावका यात्रु। तर चुनौतीभन्दा ठूलो थियो उनको लक्ष्य। बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सडकमै बिताउने उनी कमाएको पैसाबाट नियमित बचत गर्दै आएका थिए। भविष्यमा आफ्नै गाडी थप्ने र सानो ट्राभल व्यवसाय सुरु गर्ने सपना उनले मनमा सजाएका थिए।

    अप्रत्याशित उपहार, जीवनभरको सम्झना

    त्यो सपना उनले सोचेभन्दा चाँडै साकार भयो। इनड्राइभमा आवद्ध भएको करिब एक वर्षमै उनले पुरस्कारस्वरूप गाडी उपहार पाए। औपचारिक कार्यक्रममार्फत गाडीको चाबी हस्तान्तरण गरियो। अझ विशेष, उनको नाममा गाडी नामसारी गर्दा लाग्ने सम्पूर्ण करसमेत कम्पनीले नै व्यहोर्ने घोषणा गरियो।

    indrive.JPG

    “पुरस्कारको नाममा अहिलेसम्म केही पाएको थिइनँ,” उनी भावुक हुँदै भन्छन्, “एकैपटक गाडी पाउँदा विश्वास नै लागेन।”

    सुरुमा फोन आएर पुरस्कार परेको खबर सुनाउँदा उनले पत्याएनन्। घरमा सुनाउँदा परिवारले पनि शंका गर्‍यो। उनका बुबाले भनेका रहेछन्, “आजकल पुरस्कार भन्दै पैसा माग्ने धेरै हुन्छन्, विचार गर्नु है।”

    तर जब गाउँबाट बुबाआमा काठमाडौँ आएर आफ्नै आँखाले गाडी देखे, त्यो क्षण आँसु, गर्व र सन्तोषले भरिएको थियो।

    परिवारको गर्व, युवाको प्रेरणा

    तुमबहादुरको सफलताले सबैभन्दा बढी खुशी उनका आमाबुबालाई दिएको छ। ओखलढुंगामा बसेर छोराको संघर्ष देख्दै आएका उनीहरूका लागि यो क्षण सपनाजस्तै बन्यो। विदेशिने लहरबीच स्वदेशमै बसेर गरेको मेहनतले यति ठूलो उपलब्धि दिलाउँदा यो कथा केवल एउटा परिवारको होइन, देशभरका युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

    संघर्षको सम्मान

    आज काठमाडौँका व्यस्त सडकमा गुडिरहेको उनको गाडी केवल यात्रु बोकेर हिँडिरहेको छैन। त्यो गाडी आत्मनिर्भरता, इमान्दारी र निरन्तर मेहनतको प्रतीक बनेको छ।

    तुमबहादुरको कथा हामीलाई सम्झाउँछ, सपना ठूलो हुनुपर्दैन, दृढता ठूलो हुनुपर्छ। अवसर कहिलेकाहीँ ढिलो आउँछ, तर मेहनतले ढोका ढकढक्याइरह्यो भने एक दिन त्यो अवश्य खुल्छ।

    indrive1.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend