२०८३, आश्विन १९ गते

images
  • अटो
  • सिएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर...

सिएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर सार्वजनिक, यस्तो त छुट

सिएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर सार्वजनिक, यस्तो त छुट

सीएनएन खबर
मंगलवार, आश्विन १ २०८११०:४३
सीएनएन खबर
मंगलवार, आश्विन १ २०८११०:४३
  • images

    काठमाडौँ । नेपालका लागि सिएफमोटो र जिहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्रान्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । दशै, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा ल्याइएको सो अफर अन्तर्गत दुवै ब्रान्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्नेछन् । 

    सिएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिनेछ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस २ हेल्मेट पाउन सकिने छ । 

    जिहो ब्रान्डको एई ६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ । त्यसैगरी एई४ मा १५ हजार र एई ८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने छ । 

    यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सिएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ । 

    यो अफर असोज १ देखि लागू भएको छ र आगामी कात्तिक २५ गते सम्म उपलब्ध हुनेछ । ऋषि ट्रेड सेन्टरका काठमाडौं उपत्यकामा रहेका नक्साल, झम्सिखेल र सल्लाघारी तथा उपत्यका वाहिर हेटौंडा र  त्रिशुली बट्टारस्थित शोरुमबाट बाइक वा स्कुटर लिदा यो अफर प्राप्त गर्न सकिने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend