२०८३, आश्विन २० गते

images
  • समाचार
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन...

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुुमति

सीएनएन खबर
मंगलवार, फाल्गुण ५ २०८२०३:४१
सीएनएन खबर
मंगलवार, फाल्गुण ५ २०८२०३:४१
  • images

    काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईंलाई थप चारदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

    निर्वाचनका बेला भ्रम फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको प्रशासनले जनाएको छ ।

    राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले सोमबार बेलुकी भक्तपुरको थिमिबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंमा ल्याएको थियो । 

    यसअघि पनि प्रसाईं अफवाह फैलाएको कसुरमा पक्राउ परेका थिए । तर, उनी पछि हाजिर जमानतमा छुटेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend