काठमाडौँ । पछिल्ला केही दिन यता निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार भने घटेको छ ।
नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार मंगलबार प्रतितोला ६ सय रुपैयाँले सुनको मूल्यमा कमी आएको हो । मंगलबार सुनको मूल्य घटेसँगै यसअघि लागेको रेकर्ड ब्रेक समेत तोडिएको छ ।
महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य ६०० रुपैयाँले घटर प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ थियो ।
त्यसैगरी, आज दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ३४५रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३३ रुपैया कायम भएको छ ।

