२०८३, आश्विन २० गते

images

बडिबिल्डर खेलाडी राईको निधन

बडिबिल्डर खेलाडी राईको निधन

बुधवार, आश्विन २ २०८१०१:०९
बुधवार, आश्विन २ २०८१०१:०९
  • images

    काठमाडौं ।  शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको बुधबार निधन भएको छ । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता राईको बुधबार निधन भएको हो । मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए।

    मोरङको 'फोनिक्स फिटशाला' बाट सहभागी बन्न उनी काठमाडौं आएका थिए। टोखा नगरपालिका-६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान ६ बजेतिर अचानक लडेका थिए। उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend