२०८३, आश्विन २० गते

images
  • समाचार
  • दुर्गा प्रसाईं चुनावभरी हिरासतमै रहने, प्रशासनले...

दुर्गा प्रसाईं चुनावभरी हिरासतमै रहने, प्रशासनले दियो प्रहरीलाई अनुमति

दुर्गा प्रसाईं चुनावभरी हिरासतमै रहने, प्रशासनले दियो प्रहरीलाई अनुमति

सीएनएन खबर
आइतवार, फाल्गुण १७ २०८२०७:०६
सीएनएन खबर
आइतवार, फाल्गुण १७ २०८२०७:०६
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएपछि उनी चुनावभर थुनामै रहने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार प्रसाईंलाई चुनावको भोलिपल्ट फागुन २२ गतेसम्म प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । अबको चार दिनपछि फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ ।

    प्रसाईं आइतबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । उनीविरुद्ध  निर्वाचन बिथोल्ने अभिव्यक्तिसहित गतिविधि गरेको आचरोप छ । सार्वजनिक शान्तिविरुद्धको मुद्दाको अनुसन्धानका लागि भनेर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको छ ।

    प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊु अभियान सञ्चालन गर्दै आएका छन् । राजा फर्काउने अभियानमा संलग्न प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परी सर्वोच्च अदालतको आदेशबाट रिहा हुँदै आएका थिए । यसअघि सर्वोच्चको आदेशअनुसार गत फागुन १३ गते रिहा भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend