काठमाडौँ । इन्धन अभाव हल्लापछि भद्रकाली र नक्साल पेट्रोल पम्पमा घुइँचो लागेकाे छ ।
पेट्रोलियम अभावको हल्लापछि भद्रकालीमा नेपाली सेना र नक्सालस्थित प्रहरी पेट्रोल पम्पमा सर्वसाधारणको भीड। सेनाद्धारा सञ्चालीत दुई पम्प बाहेक अन्य निजी पम्पमा समेत ठूलो संख्यामा इन्धन भर्नेको भिड लागेको छ ।
आइतबार दिउँसोदेखि नै उपत्यकाभित्र सञ्चालित अधिकांश पम्पमा ठूलो भिड लागेको छ । तेल भर्नेको भिड लागेपछि नेपाल आयल निगमले तेल पर्याप्त रहेको भन्दै अनावश्यक भिड नगर्न आग्रह गरेको छ । निगमले पम्प सञ्चालकलाई तेल भर्ने बाहेक भण्डारणका लागि बिक्री वितरण समेत नगर्न निर्देशन दिएको छ ।

