२०८३, आश्विन २१ गते

images

एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारीको सरुवा(सूचीसहित)

एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारीको सरुवा(सूचीसहित)

बिहिवार, आश्विन ३ २०८११२:५३
बिहिवार, आश्विन ३ २०८११२:५३
  • images

    काठमाडौं । सरकारले करिब एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो ।

    केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ । यसबीचमा ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिहवरुको सरवा भएको छ ।

    उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ ।

    निजामती सेवा ऐन, २०४९मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend