२०८३, आश्विन २० गते

images
  • समाचार
  • हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ...

हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट

हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट

सीएनएन खबर
शुक्रवार, आश्विन ४ २०८१०७:५२
सीएनएन खबर
शुक्रवार, आश्विन ४ २०८१०७:५२
  • images

    काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच रुपैयाँ छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । 

    हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले जानकारी दिए । 
     
    कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छभने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर सात रुपैयाँ छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए । 

    अरुवा मोटा चामलको एक हजार पाँच सय २५ रुपैयाँ, अरुवा सोना मन्सुली एक हजार सात सय २५ रुपैयाँ, स्टिम जिरामसिनो दुई हजार दुई सय ५० रुपैयाँमा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको एक हजार छ सय ५० रुपैयाँ, अरुवा सोना मन्सुली एक हजार आठ सय ५० रुपैयाँ, स्टिम जीरा दुई हजार तीन सय ७५ रुपैयाँमा विक्री वितरण हुँदै आएको थियो । 

    पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट एक सय २५ रुपैयाँ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको दुई हजार दुई सय ३० रुपैयाँ र तोरी तेलको प्रतिपेटी दुई हजार ३० रुपैयाँमा विक्री हुन लागेको हो । सहुलियत मूल्यमा खाद्यान्न विक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ । गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend