२०८३, आश्विन १९ गते

images

रूपन्देहीमा भन्सार छलेर ल्याइएका सामान बरामद

रूपन्देहीमा भन्सार छलेर ल्याइएका सामान बरामद

सीएनएन खबर
मंगलवार, फाल्गुण २६ २०८२०७:२५
सीएनएन खबर
मंगलवार, फाल्गुण २६ २०८२०७:२५
  • images

    काठमाडौँ । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी ६ लाख २९ हजार २०० रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

    बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट अन्दाजी १ लाख २४ हजार रुपैयाँ बराबरको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ। त्यसैगरी शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँ बराबरका १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ।

    मायादेवी गाउँपालिका–६ खल्बटबाट ७२ हजार ५०० रुपैयाँ बराबरका एल्बो सकेट १४१ थान, मोबिल ८।५ लिटर, कुरकुरे एक बोरा र सर्फ एक बोरा बरामद गरिएको छ।

    देवदह नगरपालिका–४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी १ लाख २२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

    यस्तै रोहिणी गाउँपालिका–३ लखनौटियाबाट २२ हजार १०० रुपैयाँ बराबरको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ। कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी १ लाख ११ हजार ६०० रुपैयाँ रहेको छ।

    त्यसैगरी सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट १ लाख ५० हजार रुपैयाँ बराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सामान सम्बन्धित निकायमा पठाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend