काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शनिबारदेखि प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । २५ कोठाको उक्त होटल प्रेसिडेन्ट समूहले आफ्नो १५ औँ आउटलेटका रुपमा विस्तार गरेको हो ।
१८ बर्षअघि स्थापित कम्पनीले व्यवसाय विस्तारको रणनीति अनुसार थप आउटलेटको रुपमा प्रेसिडेन्ट होटल एयरपोर्ट आउटलेट विस्तार गरेको ग्रुपका शंकर भण्डारीले जानकारी दिए । उनका अनुसार करिब ५ करोड रुपैयाँको लगानी रहेको उक्त होटलले ग्राहकलाई सस्तोमा सेवा उपलब्ध गराउनेछ ।
होटलमा आउने यात्रुका लागि विकल्पहरूको रोजाइ, तीनतारे र चारतारे आवास सेवा प्राप्त गर्नेछन् । कोठाको शुल्क पनि बजारको प्रतिस्पर्धात्मकताका आधारमा चारदेखि पाँच हजार रुपैयाँको बीचमा राखिएको जनाईएको छ ।
प्रसिडेन्ड समूहले ३०० जनालाई रोजगारी प्रदान गर्नुका साथै २८ जना फरक क्षमताका जनशक्तिलाई रोजगारी दिएको छ ।
होटल तथा रेष्टुरेन्टमा सिस्नो चिकन, मसरुम सिस्नो, पनिर सिस्नो लगायतका सिग्नेचर मेनु समावेश गरिएको जनाइएको छ ।
‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना’ भन्ने अवधारणाका साथ हरेक आउटलेटको डिजाइन, आतिथ्यता सेवा एकै हुने भण्डारी बताउँछन् ।
२५ कोठा क्षमता रहेको प्रेसिडेन्ट होटल एयरपोर्ट आउटलेटका हरेक कोठामा मिनीबारसँगै लिफ्ट, रुफटप रेष्टुरेन्ट, व्यवस्थित पार्किङ्ग लगायत विशेष सुविधा रहेको छ भने यो एयरपोर्ट आउटलेट २४ घण्टा सञ्चालनमा रहनेछ ।

