काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार तोलामा १ हजार ७ सय रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड तोडेको हो ।
आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार ८ सय रूपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च हो । यसअघि गएको सोमबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५७ हजार ३ सय रूपैयाँ पुगेको थियो ।
सुनसँगै आइतबार चाँदी प्रतितोला एक हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

