काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित जोडिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ पर्सिलाई सरेको छ।
सर्वोच्च अदालतमा जारी सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’ मा परेको हो। निवेदक पक्षका कानुन व्यवसायीहरूले आफ्नो बहस सम्पन्न गरिसकेका छन् भने सरकारी वकिल तथा रवि लामिछाने पक्षका वकिलहरूको बहस भने अझै बाँकी रहेको छ।
यसअघि, गत सोमबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको थियो।

