२०८३, आश्विन २१ गते

images

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

आइतवार, आश्विन ६ २०८१०४:०२
आइतवार, आश्विन ६ २०८१०४:०२
  • images

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानको समस्या अध्ययन गर्न समिति गठन गरेका छन् ।

    आइतबार मन्त्रालयमा सरोकारवालाको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षलाई सहभागी गराएर ९ सदस्यीय समिति गठन गरेका हुन् । समितिलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

    बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे ।

    मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरेर स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताए ।

    मह किसानले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकार समक्ष माग गरेका छ्न् । मह आयत रोके पनि सिरफको रुपमा यसको आयात भइरहेको भन्दै मह किसानले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग राखेका छ्न् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend