२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध किर्ते...

टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध किर्ते मुद्दा दायर

टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध किर्ते मुद्दा दायर

आइतवार, आश्विन ६ २०८१०७:०५
आइतवार, आश्विन ६ २०८१०७:०५
  • images

    काठमाडौं । भ्रष्टाचारको मुद्दा चलाइएका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अर्को किर्ते मुद्दा दर्ता भएको छ।  जिल्ला प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा किर्ते मुद्दा दायर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार मुद्दामा पौडेल यसअघि विशेष अदालतबाट दोषी ठहर भएका थिए। 

    अख्तियारबाट भएको भ्रष्टाचार मुद्दा छानविनका क्रममा पौडेलको घरबाट नक्कली कागजपत्र भेटिएपछि अख्तियारले प्रहरीको क्षेत्राधिकार रहेको बताउँदै अनुसन्धानका लागि पत्राचार गरेको थियो। 

    प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को खण्ड (ग) अनुसारको कसुरमा सजाय र कारबाहीको माग गरेको छ। 

    उक्त दफा अनुसार किर्ते मुद्दामा पौडेललाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग प्रहरीले गरेको छ । अख्तियारले चलाएको मुद्दामा पौडेललाई भ्रष्टाचारमा नौ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend