२०८३, आश्विन २० गते

images
  • समाचार
  • सांसदको तलब र सुविधासहित मासिक १...

सांसदको तलब र सुविधासहित मासिक १ लाखभन्दा बढी कमाइ, किन उठ्छ भ्रष्टाचारको प्रश्न ?

सांसदको तलब र सुविधासहित मासिक १ लाखभन्दा बढी कमाइ, किन उठ्छ भ्रष्टाचारको प्रश्न ?

शुक्रवार, चैत्र १३ २०८२११:३२
शुक्रवार, चैत्र १३ २०८२११:३२
  • images

    काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै औपचारिक रूपमा सेवा–सुविधा उपभोग गर्न थालेका छन्। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्।

    संघीय संसद् सचिवालयका अनुसार शपथपछि सांसदहरूको जिम्मेवारीसँगै तलब, भत्ता र अन्य सुविधा स्वतः लागू हुन्छ। सांसदहरूले ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३’ अनुसार सेवा–सुविधा पाउँछन्।

    मासिक तलब र नियमित भत्ता मासिक तलबस् ६६,०७० रुपैयाँ
    विशेष भत्ता : १,००० रुपैयाँ (मासिक)
    बैठक भत्ता र यातायात
    संसद् वा समितिको बैठकमा सहभागी भए बापत : १,००० रुपैयाँ (प्रति दिन)
    सवारी साधन भाडा: १,००० रुपैयाँ (प्रति दिन)

    नोट: एकै दिन संसद् र समितिको बैठक भएमा दोहोरो भत्ता पाइँदैन।

    आवास सुविधा
    काठमाडौंमा घर नभएका सांसद : १८,००० रुपैयाँ (मासिक घरभाडा)
    घर भएका सांसद : ९,००० रुपैयाँ (मर्मत सम्भार खर्च)
    अन्य मासिक सुविधा
    सञ्चार (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका): ३,००० रुपैयाँ
    बिजुली–पानी : २,००० रुपैयाँ

    अन्य सुविधा
    फर्निचर खर्च (एकमुष्ट) : १५,००० रुपैयाँ (कार्यकालभर)

    यी सबै जोड्दा सांसदले मासिक रूपमा १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने देखिन्छ (बैठक उपस्थितिको आधारमा फरक पर्न सक्छ)।

    भ्रमण भत्ता
    देशभित्र भ्रमण : २,५०० रुपैयाँ (दैनिक)
    विदेश भ्रमण : २२५ अमेरिकी डलर (दैनिक)
    यात्रा बीमा : १० लाख रुपैयाँसम्म

    विदेश भ्रमण भत्ता भने सभामुखको निर्णयपछि मात्र उपलब्ध हुन्छ।

    विशेष सुविधा
    कूटनीतिक राहदानी (रातो पासपोर्ट)
    अध्यागमनमा सहजता
    स्वास्थ्य र बीमा सुविधा
    सरकारी तथा निजी अस्पतालमा उपचारमा सहुलियत
    कार्यकालमा मृत्यु भएमा परिवारलाई : २० लाख रुपैयाँ सहायता
    अपाङ्गता भएमा: ५० लाख रुपैयाँ एकमुष्ट सहायता
    पेश्की सुविधा : सांसदहरूले आवश्यक परेमा कारण देखाएर तीन महिनासम्मको तलब र आवास भत्ता पेश्की लिन सक्ने व्यवस्था छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend