२०८३, आश्विन २० गते

images
  • राजनीति
  • हंङकङमा रहेका देउवा दम्पतीलाई स्वदेश फर्काउने...

हंङकङमा रहेका देउवा दम्पतीलाई स्वदेश फर्काउने तयारी, प्रमाण नष्ट हुने डरले रोकियो देउवाको जलेको घर भत्काउने काम

हंङकङमा रहेका देउवा दम्पतीलाई स्वदेश फर्काउने तयारी, प्रमाण नष्ट हुने डरले रोकियो देउवाको जलेको घर भत्काउने काम

आइतवार, चैत्र १५ २०८२१०:२७
आइतवार, चैत्र १५ २०८२१०:२७
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका निर्वतमान सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको दम्पतिलाई स्वदेश फर्काउने तयारी भएको छ ।

    सिंगाहापुरबाट हंङकङ भ्रमणमा रहेका देउवा र आर्जु राणा देउवालाई स्वदेश फर्काउने तयारी भएको हो ।

    स्रोतका अनुसार देउवा दम्पतिको एकाघर परिवारमा रहेको धनसम्पति छानविन गर्ने उदेश्यले देउवा दम्पतिलाई स्वदेश फर्काउने तयारी गरिएको हो । देउवा दम्पतिलाई नियन्त्रणमा लिएर सम्पति छानविन सुरु गर्न लागिएको उच्च स्रोतले जनाएको छ ।

    स्रोतले भन्यो, “सरकार गठन भएको २४ घण्टा नपुग्दै पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्, अब पालो शेर बहादुर देउवा, आर्जु देउवा, पुष्प कमल दाहालहरुको हो ।”

    सुरुमा देउवालाई स्वदेश फर्किन सन्देश दिने यदि समयमै नफर्किए प्रहरीले इन्टरपीलको सहयोग लिने बताइएको छ ।

    कार्यसूचीको ४३ नम्बरको बुँदा कार्यान्वयनका लागि अन्य उच्च पदस्थ व्यक्तिहरुको पनि विदेश भ्रमण रोक्का गर्ने तयारी भैरहेको छ ।

    प्रमाण नष्ट हुने डरले रोकियो जलेको घर भत्काउने काम

    सरकारले नेपाली काँग्रेस पूर्व सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउन रोक लगाएको छ ।  जेनजी आन्दोलनको दोस्रो दिन देउवा निवासमा आगजनी भएको थियो । आगजनीका क्रममा घरभित्र ठुलो मात्रमा नगद जलेको थियो । 

    जलेको नगदका विषयमा अनुसन्धानका लागि घर प्रमाण बन्न सक्ने भन्दै अहिले सुरक्षित गरेर राख्न प्रहरीलाई निर्देशन भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । 

    उक्त घरमा जलेको अकुत नगद बारे पुन अनुसन्धान सुरु गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend