काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।
ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। आज दर्ता भएको रिटमाथि बहस सोमबार हुने भएको हो।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीसँगै पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका थिए।

