२०८३, आश्विन २० गते

images

लेखकपत्नी यशोदाले दर्ता गरिन बन्दीप्रत्यक्षीकरणको रिट

लेखकपत्नी यशोदाले दर्ता गरिन बन्दीप्रत्यक्षीकरणको रिट

सीएनएन खबर
आइतवार, चैत्र १५ २०८२०४:३५
सीएनएन खबर
आइतवार, चैत्र १५ २०८२०४:३५
  • images

    काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।

    उनको रिट दर्ताको प्रक्रियामा रहेको छ । लेखकसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । 

    जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए । ओली रिहाइको माग गर्दै पनि बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता भइसकेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend