२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सम्पत्ति शुद्धीकरण मुद्धा: पूर्वमन्त्री दिपक खड्का...

सम्पत्ति शुद्धीकरण मुद्धा: पूर्वमन्त्री दिपक खड्का अदालतमा, म्याद थपको तयारी

सम्पत्ति शुद्धीकरण मुद्धा: पूर्वमन्त्री दिपक खड्का अदालतमा, म्याद थपको तयारी

आइतवार, चैत्र १५ २०८२०५:३०
आइतवार, चैत्र १५ २०८२०५:३०
  • images

    काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वऊर्जामन्त्री दिपक खड्कालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

    जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार खड्कालाई आइतबार केहीबेरअघि अदालतमा उपस्थित गराइएको हो। प्रहरीले उनलाई आइतबार बिहान जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो।

    खड्काको घरमा भएको आगलागीपछि ठूलो मात्रामा नगद जलेको देखिएको भिडियो सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान तीव्र बनाइएको थियो। उक्त घटनाले सार्वजनिक चासो बढेपछि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।

    पूर्वमन्त्री खड्का नेपाली कांग्रेसको तर्फबाट ऊर्जा मन्त्री भइसकेका व्यक्ति हुन्।

    यसैबीच, आजै नेपाली कांग्रेसका अर्का नेता रमेश लेखकलाई पनि अदालतमा पेश गरी म्याद थपसम्बन्धी बहस गरिएको छ। त्यस्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई समेत सोही प्रकरणमा भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको बताइएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend