काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ । माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन् ।
टोलीलाई नेपाल पुलिस तथा नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्टिय विमानस्थालमा बाजागाजासहित भव्य स्वागत गरेका थिए । नेपालको पुलिस क्लबले शनिबार उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो ।
अपराजित रहँदै फाइनल पुगेको पुलिसलेले फाइनलमा पनि सोझो सेटको जित हासिल गरेको थियो । पुलिसकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

