२०८३, आश्विन १९ गते

images
  • समाचार
  • चैत १९ गते संसद् अधिवेशन बोलाउन...

चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

सोमवार, चैत्र १६ २०८२०५:५६
सोमवार, चैत्र १६ २०८२०५:५६
  • images

    काठमाडौं  । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिएका छन्।

    सरकारले संसद् अधिवेशन बोलाउने निर्णय गरेसँगै अब रामचन्द्र पौडेल समक्ष औपचारिक सिफारिस पठाइनेछ। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ।

    आगामी अधिवेशनमा सरकारका विभिन्न विधेयक, नीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै बजेट, कानुन निर्माण र सरकारको कामकारबाहीबारे संसद्मा बहस हुने सम्भावना पनि रहेको छ।

    संसद् अधिवेशन बोलाउने निर्णयसँगै राजनीतिक गतिविधि थप सक्रिय हुने संकेत देखिएको छ। आगामी अधिवेशनले सरकार र प्रतिपक्षबीचको शक्ति सन्तुलन र नीति बहसलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend