२०८३, आश्विन २० गते

images
  • समाचार
  • जगेडामा रहेका ६ सहसचिवको सरुवा, कहाँ...

जगेडामा रहेका ६ सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

जगेडामा रहेका ६ सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

मंगलवार, चैत्र १७ २०८२०८:२२
मंगलवार, चैत्र १७ २०८२०८:२२
  • images

    काठमाडौँ । सरकारले सहसचिव प्रदीप परियारसहित ६ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका परियारसहित अतिरिक्त समूहमा रहेका थप पाँच सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

    निर्णयअनुसार परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएको छ । उनले यसअघि नै प्रधानमन्त्री बालेन साहका निजी सचिवको जिम्मेवारी पाइसकेका छन् ।

    सरकारले सरुवासँगै चार सहसचिवलाई विभिन्न उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । जसअनुसार टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका, दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका र ज्ञानहरि घिमिरेलाई जनकपुरधाम उपमहानगरपालिकामा खटाइएको छ ।

    त्यसै गरी अतिरिक्त समूहमा रहेका नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

    saruwa.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend